काठमाडौं, १० असार । आमाबुवा टाढा भए । करिब एक दशक देखि दाजुभाई आमाबुवाको संरक्षण बिनानै हुर्किएका थिए । आमाबुवाको माया कस्तो हुन्छ भन्ने दाजुभाईले अनुभव गर्ने मौका पाएनन् । त्यही दाजुभाईको यस्तो जोडीलाई फेरी दैव लाग्यो । भाईको अवस्था निकै चिन्ताजनक छ । अस्पतालको शैयामा भाईलाई सुताएर दाई भाईको जिवन रक्षाको भिख मागिरहेका छन् ।

बाबुआमाको न्यानो काख र माया त उनीहरुले पाएनन् अहिले दाजुभाईकै माया पनि छुट्ने हो की भन्ने चिन्ताले अहिले सताएको छ । कालिकोट शान्ति त्रिवेणी गाउँपालिका वडा नं १ का हिमराज गिरी जसलाई अहिले ब्लड क्यान्सर भएको छ । उनको स्वास्थ्य उपचार र जिवन रक्षाका लागि नविन गिरी अहिले भिख मागिरहेका छन् ।

आमाबुवाले सानैमा साथ छोडेर गएका कारण एक्लिएका नविन अहिले भविष्यको सहारा सम्झेका भाईलाई पनि ब्लड क्यान्सर भएपछि उनी भाईको साथ छुट्ने हो की भन्ने डर छ ।दाजुभाई सानै छँदा आमाले अर्का विवाह गरिन् । । जन्मदिने आमाले अर्काविवाह गरेपछि बुवाले पनि सौतेनी आमा भित्र्याए । पछि बुवा पनि सौतेनी आमाकै घरमा गएर बस्न लागेपछि यि दाजुभाईको अभिभावकको छाँया खोसियो ।

भाईलाई कालिकोटमै हुँदा ज्वरो आउने र निकै थकाइलाग्ने भएकाले उपचारका लागि सबैको सहयोग जुटाएर काठमाडौं आएर अस्पताल पुर्याए अस्पतालमा चिकित्सकले भाईलाई ब्लड क्यान्सर भएको सुनाएपछि नविनको पाइताला मुनिको जमिन भासियो । १३ वर्षको भाई अस्पतालको शैयामा छन्, उनी सो भाईको जिवन रक्षाको लागि रोएर अपिल गरेका छन् । उनले आँशु झार्दे भने, अ’हिले मेरो भाईलाई जसरी भएपनि बचाईदिनु भाई निको भएपछि म सबैको ऋण तिर्छु ‘। चिकित्सकले उनको भाईको उपचार सम्भव भएको तर त्यसका लागि ठूलो रकम आवश्यक पर्ने बताएका छन् । तर आमाबुवाकै संरक्षण नपाएका यि दाजुभाईले ठूलो रकम कसरी ल्याउने ? त्यसैले सबैसंग सहयोगको अपिल गरेका छन् ।

Comments