काठमाडौं- (शिशिर भण्डारी) हामीले ३ दिन अगाडि युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट प्रसारण गरेको भरतपुर १५, बिष्णुपुरका २२ बर्षे बिनोद रानाभाटको जेल सजायको भिडियो र त्यस सम्बन्धित समाचार सामाजिक सन्जालमा भाईरल भयो । भिडियोमा रहेको हाम्रो टाईटल ‘कतारमा २२ बर्षे नेपाली केटोलाई फाँसी ?’ लाई कतिले भिडियो नै नहेरी गलत बुझ्नु भएछ । वास्तवमा, शिर्षकमा प्रश्न वाचक चिन्हको प्रयोग गर्दै भिडियो भित्र व्लड मनी ८२ लाख नेपाली रुपैंया नतिरे मृत्युदण्डसम्मको सजाय हुनसक्छ भनेर आमा बुवाले बताएका छन भन्ने अभिव्यक्ति हामीले दिएका थियौं । भिडियो हेरेका सबै त्यस बिषयमा स्पष्ट भएका छन् । यहि समाचार युटुब लिँक बिना नै Facebook मा भाईरल हुँदा टाईटलले मात्र ३० महिनादेखि कतारको जेलमा रहेका बिनोदलाई मृत्युदण्डको सजाय सुनाईसकियो भन्ने केहिमा भ्रम परेको पाईयो । यद्यपी भिडियोभित्रको तात्पर्य त्यो थिएन । यदि हाम्रो युटुब भिडियोले त्यो सुचना हजुरहरुलाई दिएको भए, हामी दश औंला जोडेर माफी चाहन्छौं । तर हाम्रो उधेश्य निदोर्ष भैकन पनि जेल सजाय भोग्न बाध्य भनिएका (बुवा आमाको अभिव्यक्ति अनुसार) बिनोदलाई व्लड मनी सँकलन गरेर नेपाल फिर्ता गरौं भन्ने नै थियो । ती बा आमाको आँशु देख्न नसकेर हामीले तपाईलाई जानकारी दिन उक्त भिडियो अप्लोड गरेका थियौं । त्यसमा हाम्रो कुनै स्वार्थ छैन ।

पछि अन्य अनलाईन मिडियाबाट पनि उक्त समाचारहरु आएपछि नेपाली राजदुतासवास, दोहा, कतारले प्रेश बिज्ञप्ती निकाल्दै बिनोदलाई मृत्युदण्डको सजाय नसुनाईएको र व्लड मनी समयमै तिरे देश फिर्ता गर्न सकिने जानकारी गराउनु भयो । त्यसबाट धेरैको भ्रम पनि हट्यो । ढिलै भएपनि यस बिषयमा नेपाली राजदुतासवास, दोहा, कतारको ध्यानाकर्षण भएकोमा खुशी पनि छौं । आज पनि म चितवनमै छु, बिनोद रानाभाट घटनाका नयाँ रहस्यहरु आजको भिडियोबाट बाहिर आएका छन् । अस्तिको भिडियोमा बिनोदका बुवा आमाले भने अनुसारको घटना बिवरण नभै यथार्थ अर्कै रहेको भन्दै कतारबाट शेखर क्षेत्रीले घटनालाई स्पष्ट पारेका छन् । क्षेत्रीका भनाई अनुसार, बिनोदमाथि मृतक भारतिय नागरिकले पटक पटक यौन दुव्यहार गरेको र उक्त रात यस्तो घटना हुँदा भारतियको ज्यान गएको बताएका छन् । कसरी गयो, भारतियको ज्यान ? बिनोद कसरी पक्रिए र उनलाई जेल सजाय भयो ? के उनका बुवा आमाले झुट बोलेका थिए ? के व्लड मनि नतिर्दा बिनोदलाई मृत्युदण्ड हुन्छ ? भिडियो हेर्नुस

Comments