काठमाडौँ । चर्चित नृत्य निर्देशक तथा डान्सर शंकर बिसीले २१ औँ शताब्दिमा पनि छुवा छुत र जातभातको कुरा गर्न नहुने बताएका छन् । पछिल्ला दिनमा चर्चित सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो गीत गलबन्दी विबादित बनेसँगै उनी बिरुद्ध अहिले जातीय आधारमा भेदभावका कुराहरु उठाएका ब्यक्ति बिरुद्ध बिसीले तत्कालै कारवाहीको माग समेत गरेका छन् ।

कलाकारको कुनै जात भात नहुने भन्दै यसरी खुलम खुला जातियताको कुरा निकाल्दै दमन गर्ने प्रवृत्तिले समाज र ब्यक्ति कसैलाई पनि फाइदा नपुग्ने जिकिर गरे । उनले भने म पनि यसको शिकार बनेको हुँ, अहिले आएर प्रकाश जिमाथी अप्ठ्यारो परेको भन्दै दोषीलाई तत्काल साइबर क्राइम अन्र्तगतको आधारमा कारवाही हुनुपर्ने उनले माग गरे ।

कुराकानीका क्रममा भावुक बन्दै गएका निर्देशक बिसीले भने हाम्रो पनि रगत रातो नै हो, प्रकाश र सम्भु राईको गीतलाई लिएर जातीय कुरा ननिकाल्न समेत उनले आग्रह गरे । प्रकाश सपुतलाई फेसबुकमा सुवास मंगल नाम गरेका ब्यक्तिले दुब्र्यबहारपूर्ण भाषामा जातीयताको विषयलाई लिएर स्टाटस लेखेपछि अहिले उक्त ब्यक्तिको खोजी भइरहेको छ ।

Comments