काठमाडौं । ‘न्युज २४’ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रबि लामिछानले सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहोरासँग कुटाकुट गरेको स्रोतले जनाएको छ ।

यो घटना जेठ महिनाको सोमबार रातिको हो । होटल याक एन्ड यतिमा एक कार्यक्रमका दौरान रबिले एकोहोराे दीपकलाई कुटेको जनाइएकाे छ । दुई बीच झडप भए पनि उनीहरुको बाहिरी हालत भने ठिकठाकै भएको बुझिएकाे छ ।

घटनापछि निकै निराश भएका ‘न्युज २४’का पत्रकार जागिर छाड्ने मनस्थितिमा पुगेका छन् । उनले हालै आफ्नो फेसबुकमा लेखे, ‘पत्रकारिताबाट पुग्यो जस्तो लाग्यो । अब फेमिली बिजनेस, फेमिली टाइम…।’ यसको अर्थ दीपकले रविकै कारण जागिरबाट हात धुनु पर्ने अवस्था आएको बुझिन्छ ।

यो समाचार एउटा अनलाइनले लेखेपछि अहिले सामाजिक संजालमा भाइरल बन्न पुगेको छ । समाचार भाइरल भएपछि पत्रकार रवी लामिछानेले उक्त मिडियाका प्रबन्ध निर्देशको नाम नै उल्लेख गर्दै आफ्नो फेसबुकमा उक्त समाचार पुष्टी गर्न चुनौती दिएका छन् । रवीसंगै आरोप लागेका प्रोड्युसर दीपक बोहोराले पनि उक्त समाचारको खण्डन गरेका छन् ।’

नेपाल र नेपालीका लागि अहिले निकै राम्रो काम गरेर चर्चामा आएका पत्रकारलाई यस्तो आरोप लगाएपछि सामाजिकसंजालमा रवी र दिपकका समर्थकहरु आक्रोशित बनेका छन् । राम्रो काम गर्दागर्दै पनि रविको पछि यसरि हातै धोएर लखेट्न खोजेपछि रवी आक्रोशित हुदै कडा चुनौती दिएका हुन् ।

हेर्नुहोस रवी लामिछानेको स्टाटस जस्ताको तस्तै : उहाँले मेरो फोन उठाउनु भएन।उहाँको वेबसाईटमै भएको नम्बर याहा राखेको छु। सभ्य शिष्ट भाषामा उहालाई सोधिदिनु होला,म कहिले याक एण्ड यति होटेल गए? एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सङै काम गरिरहेका कार्यक्रम प्रोडुसर मेरो प्रिय भाइ दिपक बोहरा र म बीच कुटपिट भएको उहाले कहाँ देख्नु भएछ?उहाँसग प्रमाण मागि मलाई सहयोग गरिदिनु होला।उहाले मेरो फोन उठाउनु नै भएन अहिले off गर्नु भो।हामी अर्को हप्ता कार्यक्रमको ४०० भागको तयारीसगै कार्यक्रम निर्माणमा ब्यस्त छौ। उहाँ लगायत धेरै मित्रहरु प्रत्यक दिन केही न केही लेखेर खेद्ने तयारीमा हुनुहुन्छ।यस्तै हो पत्रकारिता? उहाँहरु जस्ताको एउटा ठूलो समूह छ जो अब जिन्दगी भर खेदी रहने प्रण सहित लाग्नु भएको छ।कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखि सकेर घर गएर आफ्ना सन्तान र बा आमाको आँखामा आँखा जुदाउन कसरी सक्नुहुन्छ?छि .. यस्तो काम गरेरपनि के खानु?

अनि आर्यन तामाङ भनिने अनिल तामाङ जी.. मध्य रातमा प्रहरिको कुटाई खाएर रिपोर्टिङ गर्ने मरो रिपोर्टरलाई तपाईंले लगाउनु भएको आरोपका बारे तपाइँसङ लाईभ कुरा गर्न ४ पटक कल र म्यासेज गरि सके। न भाग्नुहोला,आज लाईभ कुरा गरौ।अथार्थ सुनेर जिब्रो टोक्ने कि हामीलाई गरेको गाली गलौज सहितका कमेन्टहरु मेट्ने,आजको कार्यक्रम पछि निर्णय लिनुहोला। #अतिभो

अब दिपक बोहोराको स्टाटस जस्ताको तस्तै : केही अनलाईनहरु रवि दाई र मेरो झगडा भएको भनि गलत प्रचार गर्दैछन् । हाम्रो झगडा होस भन्ने उनिहरुको ईच्छा कहिले पुरा हुदैन् । हामी सधै संगै मिलेर काम गछौ र गर्नेछौ । सिधा कुरा जनतासंग एउटा टेलिभिजन कार्यक्रम मात्र होईन, यो एक सोच हो, यो कहिले बन्द हुदैन् । #iamalwayswithRabiLamichhane

Comments