अधिकांश मानिसहरूले भेडे खुर्सानी स्वादकै लागि खाने गरेका हुन्छन् तर भेडे खुर्सानी जति स्वादिलो हुन्छ त्यति नै स्वस्थकर पनि हुने गर्दछ । रातो,हरियो र पहेँलो रंगमा पाईने भेडे खुर्सानी भिटामिन सी ले भरिपूर्ण हुन्छ । साथै भेडे खुर्सानीमा भिटामिन ए र बीटा–क्यारोटीन पनि पाइन्छ । यदि तपाईलाई भेडे खुर्सानीको विभिन्न फाईदहरूको बारेमा जानकारी छैन भने यहाँ चर्चा गरिएका स्वास्थ्य लाभमा विशेष ध्यान दिनुहोस् ।

१-ताजा हरियो भेडे खुर्सानीमा भिटामिन ए, भिटामिन सी, भिटामिन के, फाइबर, क्यारोटोनोइड्स भरिपूर्ण मात्रामा पाईन्छ, जो स्वास्थ्यको लागि विभिन्न किसिमले फाइदाजनक हुन्छ ।

२-यदि तपाईको घुँडा र जोर्नीमा समस्या छ भने भेडे खुर्सानीको सेवन निकै लाभकारी हुन्छ । यसको प्रयोगले आर्थराइटिसको समस्यामा पनि लाभ पुर्याउँछ ।

३-भेडे खुर्सानीमा एन्टी-अक्सीडेन्ट, एन्टीइन्फ्लेमेटरी तत्व एवम् सल्फर, क्यारोटोनोइड लाइकोपीनको भरिपूर्ण मात्रा हुन्छ, जसको कारण यो क्यान्सर जस्ता रोगहरूबाट बचाउन लाभकारी हुन्छ ।

४-यदि तपाईको शरीरमा आइरनको कमी छ भने यसको सेवन निकै फाइदाजनक हुन्छ । यसमा पाईने भिटामिन सी आइरनलाई सोस्न मद्दतगार हुन्छ । यसले तपाईलाई एनिमियाबाट बचाउन पनि सहायक हुन्छ ।

५-डायबिटीज नियन्त्रण गर्न चाहनुहुन्छ भने पनि भेडे खुर्सानी तपाईको लागि मद्दतगार सावित हुन्छ । यो ब्लड शुगरको लागि आवश्यक सही स्तरलाई बनाई राख्छ र डायबिटीजबाट रक्षा गर्छ ।

Comments