हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग र राशिफल श्रीसूर्य दक्षिणायन वर्षा ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८,विक्रसम्वत २०७३ साल भाद्र १९ गते आईतवार नेपाल सम्बत ११३६ ञलाथ्व,सन् २०१६ सेप्टेम्बर ४ तारिक शुक्लपक्ष तृतीया तिथि अपरान्ह ४ वजेर ५५ मिनेटसम्म, हस्ता नक्षत्र अपरान्ह ४ वजेर १८ मिनेटसम्म, शुभयोग पूर्वान्ह ८ वजेर २९ मिनेटसम्म, गरकरण अपरान्ह ४ वजेर ५५ मिनेटसम्म, आनन्दादियोग मानस, सूर्य सिंह राशीमा,चन्द्रमा कन्या राशीमा ।

मेषः– अरुका कुरा बढि सुन्नु भयो भने काम विग्रिन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । आफन्तमा शत्रुवत व्यवहार हुनेछ ।

वृषः– निर्णय क्षमता कमजोर रहला । व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ । काम गर्न मन लाग्ने छैन । अनावस्यक खर्च बढ्न सक्छ । पढाई लेखाईमा ध्यान जानेछ ।

मिथुनः– धन सम्पतिको विषयमा विवाद पर्न सक्छ । घरयासी खर्च बढ्नेछ । व्यापारमा गिरावट आउन सक्छ । दैनिक काम काजमा अवरोध आउनेछ । चिन्ता बढ्नेछ ।

कर्कटः– आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । काम गर्ने जोश जागर बढ्ने छ । गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ ।

सिंहः– आर्थिक कारोवार विग्रिन सक्छ । सानो गल्तिले ठुलो प्वाल पर्ने छ । व्यापार व्यवसायमा सामान्य उतार चढाव आउने छ । अलोचनामा समय खर्च नगर्नु होला ।

कन्याः– काम काज प्रतिको चासो बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउने छ । काम गर्ने जोश जागर बढ्ने छ । उत्तम भोजन र आसन प्राप्तिको पनि योग देखिन्छ ।

तुलाः– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । नयाँ कार्यारम्भ नगर्नु होला । व्यापार व्यवसायमा लगानी बढाउदा डुब्न सक्छ । अनावस्यक काममा समय र धन खर्च हुने छ ।

वृश्चिकः– समयले साथ दिनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । भाग्यले साथ दिदा धेरै काममा सफलता मिल्ने छ । व्यापार व्यवसायमा पनि सुधार आउने छ ।

धनुः– दिन सामान्यतया अनुकुल देखिन्छ । योजना बनाएर काम गर्नु होला । काममा देखिएका समस्या हटेर जाने छन् । आर्थिक कारण काममा सामान्य ढिला सुस्ति हुन सक्छ ।

मकरः– यात्राको योग देखिन्छ । हचुवाका भरमा काम गर्दा अप्ठ्यारो आउन सक्छ । अरुका काममा समय दिदा आफ्ना कामले गति लिने छैन । मानसिक चिन्ताले छाड्ने छैन ।

कुम्भः– समय प्रतिकुल छ नयाँ काममा हात नहाल्नु होला । मानसिक चिन्ता बढ्ने छ । बन्न लागेका काम पनि विग्रिने सम्भावना छ । शारीरिक शिथिलता बढ्ने छ ।

मिनः– व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा प्रगति हुने छ । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । फलदायी यात्रा हुनेछ । परिवारबाट सहयोग मिल्नेछ ।

Comments