भदौ, १८ गते–
विभिन्न ६ सूत्रीय माग राख्दै राखेर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मोरङले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

विश्वविद्यालय विरुद्धको आन्दोलनकाक्रममा पक्राउ परका नेता कार्यकर्ता रिहाइलगायतका माग राख्दै युनियनले शुक्रबारदेखि अनेरास्ववियूले तालाबन्दी गरेको हो ।

छात्रवृत्ती वितरण वैज्ञानिक बनाउनुपर्ने, पुरानै प्रकृयाबाट प्रवेश परीक्षा हुनुपर्ने, प्रवेश परीक्षा फेल भएर निजी कलेजहरूले पढाइरहेका विद्यार्थीलाई तत्काल रजिष्ट्रेशन गर्नुपर्ने माग गरिएको छ।

 

यस्तै स्ववियुको चुनाव तत्काल गर्न, शैक्षिक क्यालेन्डर लागू गर्न र आन्दोलनका क्रममा थुनिएका नेता कार्यकर्ता तत्काल रिहार्इ गर्न माग राख्दै तालाबन्दी गरिएको अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वाञ्चल विश्वविद्यालयले हालै गरेका निर्णयहरू विद्यार्थीको हित विपरित भएकाले आन्दोलन गर्नु परेको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियुको तालाबन्दीका कारण शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र डिनको कार्यालयको कामकाज प्रभावित भएको छ।

Comments