हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग अनि राशिफल श्रीसूर्य दक्षिणायन वर्षा ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८,विक्रसम्वत २०७३ साल भाद्र १८ गते शनिवार नेपाल सम्बत ११३६ ञलाथ्व,सन् २०१६ सेप्टेम्बर ३ तारिक शुक्लपक्ष द्वितीया तिथि अपरान्ह ३ वजेर २६ मिनेटसम्म, उत्तरफाल्गुनी नक्षत्र अपरान्ह २ वजेर १४ मिनेटसम्म, साध्ययोग पूर्वान्ह ८ वजेर २५ मिनेटसम्म, कौलवकरण अपरान्ह ३ वजेर २६ मिनेटसम्म, आनन्दादियोग उत्पात, सूर्य सिंह राशीमा,चन्द्रमा कन्या राशीमा ।

मेषः–समय त्यति धेरै अनुकुल पनि छैन प्रतिकुल भनेर भन्ने अवस्था पनि छैन काम गर्दा संवेदनशिल हुनुहोला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पठन पाठनमा प्रगति हुनेछ ।

वृषः– पारिवारिक सहयोग खासै मिल्ने देखिन्न । गरेका कामबाट पनि खासै सन्तुष्टि मिल्ने छैन । धन सम्पतिको विषयलाई लिएर सामान्य विवाद पर्न सक्छ । भर परेर काम नगर्नु होला ।

मिथुनः– काम गर्ने जोश जागर घट्ने छैन । गरेका काम पनि अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । काममा ढिला नगर्नु होला ।

कर्कटः– नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । आफ्नै प्रयासमा धेरै काम बन्ने छन् । पारिवारिक सुख शान्ति मिल्नेछ । व्यापार मन्द गतिले अगाडि बढ्नेछ ।

सिंहः– दिन अनुकुल जस्तै देखिन्छ,समयमा काम गर्नु होला नत्र पछि परिनेछ । काममा विलम्ब गर्दा फाइदा धेरै लिन सकिने छैन । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

कन्याः– शारीरिक पीडा हुनसक्छ । काम गरेर फाइदा धेरै लिन सकिने छैन । नकरात्मक सोच बढ्न सक्छ । फजुल खर्च वृद्धिले आर्थिक संकट निम्तिन सक्छ ।

तुलाः– समयमा काम गर्नु पर्ने देखिन्छ नत्र अएको अवसर पनि गुम्न सक्छ । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट लाभ आम्दानी बढ्नेछ ।

वृश्चिकः– समयको सदुपयोग गर्नु होला अगाडि बढ्न सकिनेछ । काम गरेर नाम र दाम दुवै आर्जन गर्न सकिनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

धनुः– समयमा सुधार अझै आउने देखिन्न काम गर्दा सजग रहनु होला । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा हुने देखिन्छ । इज्जत वचाउनु होला ।

मकरः– काम कुरामा मात्रै सिमित हुने देखिन्छ । गरेका कामबाट पनि फाइदा धेरै लिन सकिने छैन । मानसिक तनाव र आलोचना बढ्नेछ । व्यापारमा गिरावट आउनेछ ।

कुम्भः– अरुको सहयोग लिएर मात्रै काम गर्दछु भन्ने नठान्नु होला । आफुले गरेका काम सफल नै हुनेछन् तर ढिला सुस्ति गर्नु भयो भने आएको अवसर पनि गुम्न सक्छ ।

मिनः– अरुको सहयोग लिन खोज्नु भयो भने काम विग्रिने छन् । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । परिश्रम अनुसारको प्रतिफल पनि पाईनेछ । व्यापार बढ्नेछ ।

Comments