ताजाखबर। आगामी सेप्टेम्बर ६ तारिखमा सिंगापुरस्थित भिलेज होटल चाङ्गीमा सम्पन्न हुने ‘मिस मर्मेड सिंगापुर २०१६’ लागि मुख्य कोरियोग्राफरका रुपमा रोजिन शाक्य अनुबन्धित भएका छन् ।

रोजिन सो कार्यक्रमका कोरियोग्राफर मात्र नभई कार्यक्रम संचालकका रुपमा समेत देखिंदैछन् । ई प्लानेट प्रा.लि.को अन्तर्राष्ट्रिय शाखाका रुपमा स्थापित भएको ई प्लानेट सिंगापुरले आयोजना गर्न लागेको मिस मर्मेड सिंगापुरको कोरियोग्राफीका लागि रोजिन यही भाद्र १८ गते शनिबार सिंगापुर प्रस्थान गर्दैछन् ।

डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन् ।

Comments