ताजाखबर। ‘द फेसन प्लस’ले राजधानीमा आयोजना गरेको ‘मिस टिन २०१६’मा स्वर्णिम रिमालले ताज चुमेकी छन् । उनले ५९ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितिन् भने विधागत तर्फको ‘मिस सोसियल मिडिया अवार्ड’को अवार्ड पनि पोल्टामा पारिन् ।

उनले ३० हजार रुपैयाँ सहित एयर होस्टेज तालिमको पूर्ण छात्रवृत्ति, डिप्लोमा इन ब्युटीसियन कोर्षको पूर्ण छात्रवृत्ति र मोडल नेपालमा मोडलिङको अवसर प्राप्त गरेकी छन् । प्रतियोगितामा फष्ट रनरअप बनेकी स्नेहा पौडेलले ‘मिस ट्यालेन्ट’ अवार्ड र सेकेण्ड रनरअप बनेकी आकृति चन्दले ‘मिस भ्युअर च्वाइस अवार्ड’ र ‘मिस सोसियल सर्भिस अवार्ड’ पनि पाइन् । स्नेहा र आकृतिले क्रमशः २० हजार र १० हजार रुपैंयाासहित एयर होस्टेजको पूर्ण छात्रवृत्ति, डिप्लोमा इन ब्युटीसियन कोर्षको पूर्ण छात्रवृत्ति र मोडल नेपालमा मोडलिङको अवसर पाएका छन् ।

प्रतियोगितामा विधागततर्फ सलोनी राई ‘मिस पपुलर’ र मिस स्टाइलिस’, सदिक्षा गिरी ‘मिस बेष्ट स्माइल’, सुधा थापा ‘मिस बेस्ट स्किन’, रक्षा रिजाल ‘मिस पर्सनालिटी’, रुविना शर्मा ‘मिस क्रिएटिभ’, प्रतिज्ञा पौडेल ‘मिस बेष्ट हेयर’, नेहा सिंह ‘मिस बेष्ट वक’, रुवी राजन श्रेष्ठ ‘मिस बब्ली’, दृश्य गुरुङ ‘मिस भेटरान’, ऋचा अधिकारी ‘मिस डिसिप्लिन’, अश्लिन ज्ञवाली ‘मिस फोटोजेनिक’, नीता पौडेल ‘मिस लिडरशिप’, तितिक्षा मगर ‘मिस फ्रेण्डसिप’ र मुस्कान सुनार, स्नेहा पोते श्रेष्ठ, अकिता श्रेष्ठ र अरुणा महर्जन ‘मिस अर्गनाइजर च्वाईस’ बने ।

Comments