काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत तेस्रो चरण अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएसँगै अब सबैको आशा र भरोसाका केन्द्रविन्दू बन्न पुगेका छन् कप्तान पारश खड्का ।

खड्का टिकेर खेल्न सकेको खण्डमा नेपाल जित निश्चय नै निकाल्ने छ । पारश र शरद भेषवाकरको उत्कृष्ठ पारी जमेको खण्डमा नेपाली दर्शक र टिमलाई नै राम्रो हुने थियो । पारशले अहिले २४० रनको लक्ष्य पछ्याउँदै ब्याटींग गरिरहेका छन् ।

Comments