बैशाख ६, काठमाडौं-
आईसीसी वल्र्ड क्रिकेट च्याम्पियनसिप अन्तर्गत आज भैरहेको खेलमा नामिबियाले नेपाललाई रनको लक्ष्य दिएको छ ।
नामिबियाले पूरै ५० ओभर खेल्दा ९ विकेटको क्षतिमा २३९ रन बनाउन सक्यो ।
नेपालले अब केही बेरपछि जवाफी ब्याटिंग गर्दैछ ।
किर्तीपुर मैदानमा नेपाली स्पिनरहरुको आज उत्कृष्ट प्रदर्शन रह्यो ।
आठौं र नवौं विकेट शक्ति गौचनले लिए । सन्दिप लामिछानेले ३ विकेट लिए । नरेश बुढाएरले एक, वसन्त रेग्मीले १, सागर पुनले २ विकेट लिए ।

Comments