काठमाडौं, वैशाख ६ – आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल – नामिबिया बिचको दोस्रो खेल अहिले किर्तीपुर स्थित त्रिवि मैदानमा सुरु भएको छ । नेपालले टस जितेर जित्नै पर्ने दबाबका बिच अहिले खेल खेलीरहेको छ । नेपालले आज नामिबियासँगको खेलमा जित निकाले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा सहभागिता जनाउने सम्भावना प्रवल हुनेछ ।

यसअघिका चारै खेलमा नेपाल पराजित भएको नेपालले आज नामिबियासँगको खेलमा जित निकाले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा सहभागिता जनाउने सम्भावना प्रवल हुनेछ ।

नेपालले शनिबारको जितसँगै प्रतियोगितामा दुई अङ्क जोडेको छ । नेपालले आगामी दुई खेलमा नेदरल्यान्ड्स र केन्याजस्ता दुई बलिया टोलीसँग खेल्नुपर्ने भएकाले नेपाललाई सोमबार जित अनिवार्य छ ।

प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियासँगको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटको जित निकालेको थियो ।

Comments