काठमाडौं, वैशाख ६- आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपाल-नामिबिया बिचको दोस्रो खेल आज हुँदैछ ।

बिहान साडे ९ बजेबाट किर्तीपुर स्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले आज पनि शनिबारकै शैलीमा उत्कृष्ठ प्रर्दशन गर्ने तयारीका साथ मैदानमा उत्रिनेछ ।

नेपालले आज नामिबियासँगको खेलमा जित निकाले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा सहभागिता जनाउने सम्भावना प्रवल हुनेछ ।

यसअघिका चारै खेलमा नेपाल पराजित भएको नेपालले आज नामिबियासँगको खेलमा जित निकाले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनौटमा सहभागिता जनाउने सम्भावना प्रवल हुनेछ ।

नेपालले शनिबारको जितसँगै प्रतियोगितामा दुई अङ्क जोडेको छ । नेपालले आगामी दुई खेलमा नेदरल्यान्ड्स र केन्याजस्ता दुई बलिया टोलीसँग खेल्नुपर्ने भएकाले नेपाललाई सोमबार जित अनिवार्य छ ।

प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियासँगको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटको जित निकालेको थियो ।

Comments