ताजाखबर। सुनन्द ढकालको स्वर रहेको ‘नाता’ गीतको भिडियो रिलिज गरिएको छ । शान थापाका शब्द रहेको गीतमा प्रकाश नेपालीको संगीत रहेको छ ।

नाताको भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् जसमा अहिलेकी चर्चित अभिनेत्री केकी अधिकारी, सन्तोष अनि बालकलाकार आरुषीको अभिनय रहेको छ ।

भिडियोले पारिवारिक बिछोड अनि बाबु छोरीको सम्बन्धलाई देखाउछ । शिवराम श्रेष्ठले खिचेको भिडियोको सुप्रिन पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो:

Comments