Akshya-gift

ताजाखबर। फिल्म ‘रुस्तम’ रिलीजको प्रतिक्षा गरिरहेका अभिनेता अक्षय कुमारलाई अमेरिकामा एक उपहार मिलेको छ । पारसीले उनलाई ‘फरवहर’ (पारसी समुदायको प्रतीक चिन्ह) उपहार दिएका हुन् ।

अक्षय अहिले परिवार सहित अमेरिकामा छुट्टी मनाईरहेका छन् । उनले ट्विटरमा एक फोटो शेयर गरेका छन् जसमा उनले फरवहर लगाएका छन् ।

उनि अमेरिकाबाट भारत फर्किँदै छन् । उनले अब चलचित्रको प्रचार गर्नेछन् । टीनू सुरेश देसाई निर्देशित फिल्म ‘रुस्तम’मा इलियाना डिक्रूज र ईशा गुप्ता समेत छन् । यो फिल्म १२ अगष्टमा रिलीज हुनेछ ।

Comments