सबै दलको सहमतिबिना निर्वाचन सम्भव छैन – अध्यक्ष राणा – Etajakhabar

भक्तपुर, २८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सबै दलको सहमतिबिना निर्वाचन सम्भव नभएको बताउनुभएको छ ।



रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सबै दलको सहमति भएमात्रै सहज रुपमा निर्वाचन सम्पन्न हुने बताउनुभयो ।

संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन गरेमात्र निर्वाचन सम्भव हुने उहाँको भनाइ थियो । संविधान संशोधनमा उल्लेख भएअनुसारको नागरिकताको प्रावधान गलत भएको जिकिर गर्दै उहाँले अङ्गीकृत नागरिकतालाई खुकुलो बनाउन नहुनेमा जोड दिनुभयो ।

सरकार स्थानीय निकायको निर्वाचनमा गए पनि प्रान्त र संसद्को निर्वाचनका लागि भने सीमाङ्कन नभई नहुने भएकाले त्यसमा आयोग वा समिति बनाएर सीमाङ्कनलाई टुङ्गोमा पु¥याउनु पर्ने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा नेपालको राष्ट्रियता निकै कमजोर भएको औँल्याउँदै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत सङ्ग्रह गरिनु पर्नेमा जोड दिनुभयो । सरकार विस्तार हुन लागेको चर्चा गर्दै उहाँले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपाले सरकारमा सहभागिता जनाउने खुलासा गर्नुभयो ।

भूकम्पपीडितलाई जतिसक्दो छिटो छानो हाल्न पुग्ने अनुदान वितरण गर्नुपर्ने सरकारले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत परिवर्तन गरेर गलत काम गरेको टिप्पणी गर्नुभयो ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...