ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु - Etajakhabar

जाजरकोट, २८ पुस-

जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एकजनाको मृत्यु भएको छ ।

ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् ।

घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले वताउनुभयो ।

तपाईको प्रतिक्रिया