३४ किलो सुनकाण्डमा विमानस्थलका दुई अधिकृत पक्राउ – Etajakhabar

पुस २८ गते-
३४ किलो अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका दुईजना अधिकृतलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो ।
दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएपछि प्रहरीले सुन तस्करीमा संलग्नहरुको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले यसअघि नै ३ जना भरियालाई पक्राउ गरिसकेको छ । यादव र ढकाल दुवैजना सुन तस्करीबारे जानकार रहेको र उनीहरुको पनि मिलेमतो हुनसक्ने प्रहरीको आशंका छ ।
यही प्रकरणमा भन्सार विभागले यसअघि नै २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुबाट सुनको असली मालिकको पहिचान गरी पक्राउ गर्न प्रहरी सक्रियतापूर्वक लागिपरेको छ ।

Subscribe Us On YouTube

तपाईको प्रतिक्रिया