भारतमा जन्मियो दुई यौनाङ्ग र चार खुट्टा भएको बच्चा, हेर्नेको थामिनसक्नु भीड – Etajakhabar

पुस २८ गते-
भारतको गुजरातमा एक विचित्रको शिशुको जन्म भएको छ । गुजरातका ३५ बर्षीय प्रताप मोरी र उनकी ३५ बर्षिय पत्नी सुलेखा मोरीले दुईवटा यौनाङ्ग र चारवटा खुट्टा भएको बच्चालाई जन्म दिएका हुन् ।
अचम्मका बच्चाको जन्म भएपछि उक्त बच्चालाई हेर्न निकै भीड लाग्न थालेको छ ।
उक्त शिशु ती दम्पत्तिका छैठौं सन्तान हुन् । अस्पतालमै अचम्मको बच्चा जन्मिएपछि चिकित्सकहरु समेत अचम्ममा परेका थिए ।
चिकित्सकहरुले भने बच्चाको अतिरिक्त दुईवटा खुट्टा शल्यक्रियामार्फत् हटाउन सकिने र यौनाङ्गको पनि उपचार गर्न सकिने बताएका छन् ।
तर शिशुका बाबुआमा आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारका लागि उनीहरुले याचना गरेका छन् ।
चिकित्सक काकुभाइ मागनभाई दाभीले भने पहिले कहिल्यै पनि अल्ट्रासाउन्ड नगरेको हुनाले बच्चाको अवस्था अज्ञात भएको बताए । – एजेन्सी

Subscribe Us On YouTube

तपाईको प्रतिक्रिया