ताजाखबर, काठमाडौँ । यतिबेला शहरमा चलचित्र ‘लभ सासा’को चर्चा छ । नायिका केकी र नायक कर्माको मुख्य भुमीका रहेको प्रेम कथामा आधारित यो फिल्मको हालै रेड कार्पेट प्रिमियर काठमाण्डौको कुमारी हलमा गरियो ।

रातो कार्पेटमा रातो पहिरनले सजिएका केहि नायिका, चलचित्रकर्मीका माझमा चलचित्र हेरेका सबैले चलचित्रको तारिफ गरे । पौष २८ गतेबाट रिलिज हुने यो चलचित्रलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् ।

केकी अधिकारी, कर्मा र आशिफ शाह मुख्य भूमिकामा रहेको यो चलचित्रले शहरीया युवक र युवतीको माध्यमबाट प्रेमको कथा छिटो र छरितो शैलीस्मा ब्यक्त गरेको र प्रेम गर्नेहरु सबैले यो फिल्म एक पटक हेर्नै पर्ने उपस्थित सबैले सुझाएका छन् ।

[slockerpro id=”2″][/slockerpro]

तपाईको प्रतिक्रिया