सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ : सचिव भट्टराई – Etajakhabar

दाङ, २७ पुस । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

Subscribe Us On YouTube

संविधान जारी गर्दा १६ बँुदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उहाँले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताउनुभयो ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया