देखन चम्पाको अपार सफलतापछि शान्तिप्रियले ल्याए अर्को कर्णप्रीय गीत – Etajakhabar

ताजाखबर, काठमाडौँ । पछिल्लो समय फिल्म छक्का पञ्जाको देख्न चम्पा बोलको गीत मार्फत चर्चामा आएका गीतकार शान्तिप्रियको लेख्न रहेको मत माया गर्ने मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका छन् । सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गर्नु भएको हो ।
’हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछी आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको कथाको बारेमा बताए । यता गीतकार शान्तिप्रिय पनि मायालाई मुल्यमा तौलिन नहुने बताउछन । ’माया गर्ने मान्छेसंग कति मुल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ , यसै भावलाई गीतमा उतारेको छु’ शब्दकार शान्तिप्रियले गीतलाई प्रस्ट्याए ।

Subscribe Us On YouTube

गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् ।

गीतलाई निर्माण कम्पनि छायाँछवि क्रियसनको युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया