” रमेश दियाली”

ल दबाई खाने समय भयो ? उठ्नुहोस? मेरो आवाज सुनिन् कि क्यो हो? आखा खोलिनन्। मेमले ,सायद मेरो भाषा बुझिन होला। मेम ! ईट्स टाईम फर मेडिसन ? अहं ! पटक्कै उठिन्। ओडेको च्यादर बिस्तारै हटाउदै झक्झकाए। हात छापे , चिसो भईसकेछ। नाड़ीको पल्स चेक गरे। नाड़ीको गतिनै पत्तो पाईन। म आतिए। कुदेर डक्टरलाई बोलाए। डाक्टार हतारिदै छातीमा थिचे। अक्सिजन छिटो लेऊ रु अक्सिजन लैऊ भनेको ?  अक्सिजन लगाउदै गर्दा आखा पिलिक्क हेरिन्। मैले लामो सास फेरे। धन्य भगवान ! भगवानलाई धन्यावाद दिए। कोठाको  तापक्रम  मिलाए।

मुखमा दबाई राखी दिए। एक चम्ची पानी पिलाउदै गर्दा डक्टरले चौबिसै घण्टा संगै बस्नु भने। मेरो डिउटी सकिन लागेको थियो। केही पर्यो भने रातीको डक्टरलाई कल गर्नु भन्दै बाहिरे। नर्सको जिवन पनि, थाके झै भयो। थाकेछु पनि। सिलिन पानी सकिएछ। अर्को फेरे। तप तप सिलिन पानी संगै आखा प्रष्टै खोलिन। खुसि लाग्यो। म उनको भाषा जान्दिन र मेरो भाषा उनले। अंग्रेज़ी अलि अलि बोल्थिन तर म बुझ्थे। केही खानुहुन्छ? मैले सोधे। मन छैन , बरू च्यादर ओडीईदिऊ। जाडो भयो। च्यादर ओडाईदिए। टाउको बागेंछ। सिरानीमा टाउको राखिदिए। म छेऊमै बसि रहे।

मेरो आँखा धिपधपे। निन्द्र लाग्ला झै भयो। नलागोस् पनि किन! हिजो देखि सुतेको छैन। एक छिन पछि खान खाने भनिन। राईस , चिकेन र भेजिटेबल अडर गरिदिए। ल आराम गर्दै गर्नुहोस। अडर गरिदिएको छु। तिम्रो नाम ? मलाई नाम सोधिन। सर्ध्दा हो मेरो नाम। अनि कहा बस्छौ? पोखरा नेपाल। नेपाल ? अ। म एक चोटी धुम्न गएको थिए। राम्रो देश छ। तिम्रो देशका मान्छेहरू सारै सहयोगी छन। तपाईलाई हाम्रो भाषा बोल्न आउछ? अहं ! अाउदैन। कति भयो यहाँ आएको ? सात महिना।

अनि तपाईको परिवारमा कोही छैन? मैले सोधे। थिए, अहिले कोही छैन। म जन्मेको लेबानमा हो। छ बर्षको हुदा उमि र अबुन संग युएईमा आएको। अबुनले यहिको अरबिक ईमोरसन म्यागेर्ट स्कूलमा लगाई दिए। मैले त्यहि पढे। केटीहरू मात्रा हुन्थे। पछि कलेज सम्म यहि पढियो। तिमी चै कसरी युएई मा आयौ? मलाई सोधिन!

घरको आर्थिक सुधारको लागि आएको भन्दै गर्दा चिकेन भेजिटेबल लिएर पिलिपन्स केटा आए। टाउको उठाउन खोजिन तर सकिनन्। मैले बिस्तारै सिरानी मिलाएर उठाए। भोक लागेको रहेछ। सबै खाईन। ढोकामा आवाज आयो। ढक…. ढक….!!! मैले ढोका खोले। डक्टर रहेछन। डक्टर देख्न बितिक्कै मेम कराउन थालिन्। मेम अर्थात हाना उमर। नाम चै हाना उमर रहेछ। मैले बुझिन। भाषा अरबिक थियो। डक्टर फर्केर गए। बुझ्न मन लाग्यो। मेम!! किन कराउनु भएको? त्यो डक्टर मन पर्दैन रहेछ।

जवाफ यस्तै दिईन। मैले बुझ्न नसकेको यहाँको मान्छेका मनहरू…। सुत्न हुन्छ? मैले सोधे ! मलाई एकटक हेरिरहिन्। मलाई डर पनि लाग्यो। मेम! आर यु ओके? मैले सोधीरहदा मेमका आखा भूईमा गए। मेरो बच्चाहरू यस्तो सुन्दर छन ,जसको मुस्कान हरपल मेरो हृदयमा गुन्जिदा सधै मलाई ज़िन्दगीमा खुसिहरू मिल्छ। पिडा भागेर जान्छ। आँखा भरि आँसु भरिए। आई मिस माई बेबी!!! मुखबाट र्याल बग्यो। पेपरले पुछिदिए। बल्ल थाहा भयो बच्चाहरू पनि रहेछन्। मलाई निन्द्र लाग्न झै भएको थियो। अहिले हरायो। मेमलाई बुझ्न मन लाग्यो। कुरा मैले नै सुरू गरे। कसरी यस्तो हुनु भयो ?

बिस्तारै भन्दै थिईन। युएईमा कलेज सकेपछि एउटा सरकारी संन्थामा काम गर्दा रसिद संग भेट भयो। रसिद अर्थात मेरो पति। रसिद पेसाले डक्टर हुन। पहिलो भेट मिराकल्स गाड़नमा भएको थियो र दोस्रो बुज खलिफा टावर हेर्न जादा। हामीहरू बिच प्रेम बस्यो। साह्रै मिठो प्रेम। रसिद सधै मलाई भन्ने गर्थे” म तिम्रो हु अनि यो मेरो मुटुमा तिमी बाहेक अह ! कोही बस्न सक्दैन। पछि बिबाह भयो। हामी एक अर्कामा खुसी थियौ। दुई बर्ष पछि बच्चा भयो। फेरी अर्को बर्ष, बच्चा जन्मियो तर मैले देख्न पाईन। मलाई ब्रेस क्यान्सर भईसकेको रहेछ। सेकेंड स्टेजमा थियो। अस्पताल एडमिट गरियो।

हामी सात जाना दिदी बहिनीहरू छौ। म कान्छी। मेरो बच्चालाई दिदिहरूले लेबानमा लगे। मेरो लामो कपाल कटियो। खुब रोएको थिए त्यो बेला। अहिले त हिड्न पनि सक्दिन। पतिलाई खुब सम्झन्छु। भेट्न पनि आउन छोडे। सुरू सुरूमा हेर्न आईरन्थे। सायद अब मर्छे भनेर नआएको होला। मेरो मन कुनै खेलकुदको मैदान हैन जस्तो लाग्छ, मेरो मन त एउटा पबित्र मज्जिद हो जसलाई मायाले सजावट र विश्वास गरेको छु। आशा छ मेरो अन्तिम सास उनको काखमा बित्ने छ। मैले मेरो बच्चालाई आठ महिना पछि बल्ले देखे। मलाई देख्न बितिक्कै डराएर रोएको थियो। पछि बल्ल मानेको, सानो चै बच्चा। आमा हुनुमा गर्ब लाग्छ तर आमाले दिने माया ममता दिन पाईन।

मेरो ठूलो छोराले एईयर पोटमा आमालाई अर्थात मलाई नचिन्दा मन भक्कानेको थियो। कपाल , आखी भूई शरिरको सबै रौ झरेका थिए। ओठ काउलीएको थिए। रगत सकिएर पहेलो हुदै थिए। छोरो तर्सिएर मलाई हेर्दै रूदै गर्दा म फनक्क एईयर पोट बाटै फर्के। मेरो छोराहरूलाई काखमा राखेर खेल्ने रहर सपना झै भयो। रहर एउटा यादमा परिणत भयो। मान्छेले सबै भन्दा धेरै बोक्ने भनेकै यादहरु रहेछ, जुन कहिल्यै भारी र बढि हुदैन अनि मुस्कुराउने आधार बन्दो रहेछ। दु:ख त तेति बेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर जन्म दिएको सन्तान बिस्तारै पराइ बन्दै गएर अरु कसैको काखमा खेलेको देख्दा। मैले मेमको हात समातेको थिए। हातहरू बिस्तारै काम्दै थिए। उनि रूदै थिईन। ओठ थरथरिएका थिए। आँखाले केही खोजी रहेको थिए। पिडाले छटपटी रहेकी थिई।

म निस्सासिए झै भए। मेमलाई सान्तवना दिने शब्द म संग थिएन। मर्नु त सबैलाई छ , यो सास्वत सत्य पनि हो तर लुकामीरी खेल्ने उमेरमा , हास्दै बैश पोख्ने रहरमा मर्नु , जिवन फूल होईन जस्तो लाग्छ। मेमको अनुहारमा हेरे। अनुहार उज्यालो थियो। बिस्तारै मेरो हात मेमको हातबाट छुटाए। घड़ी हेरे बिहानको तिन बजी सकेछ। सोचे एक छिन सुत्नु पर्यो। मेमलाई च्यादर मिलाई दिएर भित्तामा अडेस लागेर सुत्ने प्रयास गरे।

मेम पनि निदाई सकेछिन। भित्तामा अडेस मात्रा के लागेको थिए फुस्स निदाएछु। बिहान ढोकाको ढक … ढक आवाज सगै म झल्यास्स बिऊझे। मलाई पालो दिने नर्स आईपुगि छिन। आगं तनक्क तन्काए र जुरूक्क उठे। मेमलाई बोलाए। मेम….. मेम …… !!! झझ्काए…….!! मेम मरिसकेछिन। टाउको सिरानी बाट लुथुक्क बेडमा पल्टियो। पालो दिने नर्स कुदेर डक्टरलाई बोलाईन। डक्टरले मरिसकेको घोषणा गरे। मेरो मुखबाट लामो सास निस्कियो।
जिवन यस्तै रहेछ। हात टाउकोमा पुग्यो। म पनि बाहिरे।

तपाईको प्रतिक्रिया