काठमाडौं विश्वविद्यालय अझै उपकुलपति विहीन – Etajakhabar

ताजाखबर, काठमाडौं – काठमाडौं विश्वविद्यालयको २५ बर्षको इतिहासमा प्रथम पटक विश्वविद्यालय उपकुलपती विहिन बनेको छ । गत मङ्सिर २६ गते डा. रामकन्ठ मकाजुको ४ बर्षे कार्यकल समाप्त भएयता उपकुलपती छनोट प्रकृयामा ढिलाईका कारण यो अवस्था सृजना भएको हो । हाल विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. भोला थापालाई कार्यवाहक उपकुलपतीको जिम्मेवारी दिइएको छ ।



उपकुलपती छनोट समितिमा ३ जानाको नाम सिफारिस गर्न विवाद उत्पन्न भएपछी अघि आएका सबै पाँच नामहरु गत पौष २२ गते प्रधानमन्त्रीलाई सिफारिस गरिएको थियो । सिफारिस गरिएकामा डा. रामकन्ठ मकाजु, डा. भोला थापा, डा. भद्रमान तुलाधर्, डा. मनप्रसाद वाग्ले र डा. जनार्दन लामिछाने छन ।

डा. मकाजु विश्वविद्यालयका पूर्व उपकुलपती हुन । उनि माथि डा. गोविन्द केसीले स्वास्थ्य शिक्षामा बेथिती ल्याएको आरोप लगाएका छन् र उनलाई पुन उपकुलपती नियुक्त गरिए आन्दोलनको चेतावनी समेत दिएका छन् । डा.तुलाधर विश्वविद्यालयका पूर्व रजिष्ट्रार हुन । उनले डा. मकाजु उपकुलपती भएपछि २०६८ सालमा सो पदबाट राजिनामा दिएका थिए । डा. वाग्ले विश्वविद्यालयकै स्कूल अफ एजुकेशनका पूर्व डिन हुन् ।

डा. लामिछाने विश्वविद्यालयको वायोटेक्नोलोजी विभागको प्रमुख हुन । छनोट समितिको तीन मध्य दुई सदस्यले उनको उपकुलपती बन्न कार्ययोग्यता र अनुभव नपुगेको भन्दै आएपनि माओवादी निकट भएकै कारण सिफारिसमा परेका छन् । डा. थापा विश्वविद्यालयका रजिष्ट्रार हुन । भुइँचालो र नाकाबन्दी जस्तो विसम परिस्थितिमा पनि विश्वविद्यालयको कार्य निर्वाद रुपमा सन्चालन गरेका थापालाई कुशल नेतृत्वको रुपमा विश्वविद्यालयले लिदै आएको छ ।

विवाद मुक्त रही आफ्नो कार्यकालमा विश्वविद्यालयको भौतिक पुर्वाधारमा उल्लेख्य विकास गरेका र शिक्षा–अनुसन्धानलाई सँगै लिएर जानुपर्छ भन्ने मान्यता भएका थापा नै सो पदको लागि योग्य हुने विश्वविद्यालयका धेरै सरोकारवालाहरूको ठहर छ ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...