क्लासीक टेक र एयरटेलबीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्बन्धी सम्झौता – Etajakhabar

पुस २७ गते-
विगत ७ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले भारतीय कम्पनी एयरटेलसँग इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको गरेको छ। यो सहकार्य अनुसार एयरटेल र क्लासीक टेक फाईबरको माध्यमबाट सिधै जोडिनेछन् । योसँगै एयरटेलले अब प्रशस्त ब्याण्डविथ भित्र्याउन सक्नेछ ।
यो सँगै अब ग्राहकले इन्टर एएस एमपिएलएस र इन्टरनेशनलप्राइभेट लिजिङ सर्किट जस्ता लाभहरु लिन सक्नेछन् । क्लासीक टेकले एअरटेलमार्फत् लिज लाईन सर्भिस संसारको जुनसुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ भने घरेलु ग्राहकले पनि सस्तो मुल्यमा अधिकतम र भरपर्दो इन्टेरनेट स्पीड उपभोग गर्न पाउने भएका छन् ।
नयाँ बर्ष २०१७ को अवसरमा उच्च गतिको १२ एमबिपिएस अनलिमिटेड इन्टरनेट बार्षिक ग्राहकलाई १ हजार ९ सय ९९ रुपैयाँ प्रतिमहिना उपलब्ध गराइएको छ । साथै ३ एमबिपिएस अनलिमिटेड १ हजार ९९ र ६ एमबिपिएस अनलिमिटेड १ हजार ४ सय ९९ प्रति महिनामा उपलब्ध गराएको छ ।
बार्षिक ग्राहकले भने जडान खर्च र फाईवर डीभाईस निःशुल्क पाउनेछन् । यस्तै, क्लासिक टेकका सेवाग्राहीका लागी पनि इन्टरनेट रिचार्जमा २ प्रतिशत छुटको योजना ल्याईएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...