जिल्ला विकास समिति चितवन ‘वाइफाइ फ्रि’ जिविस घोषित – Etajakhabar

चितवन, २७ पुस-
जिल्ला विकास समिति चितवनलाई सूचना प्रविधिमैत्री बनाउँदै ‘वाइफाइ फ्रि’ जिविस घोषित गरिएको छ ।

Subscribe Us On YouTube

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आज चितवन जिविसलाई वाइफाइ फ्रि घोषित गर्नुभएको हो ।

सो अवसरमा उहाँले मन्त्रालयअन्तर्गतका सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाउनु जरुरी रहेको बताउँदै सेवाग्राहीलाई सूचना र प्रविधिमा नजिक पु¥याउन फ्रि वाइफाइले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि जिविस चितवन वातावरणमैत्री घोषित भइसकेको छ ।

तपाईको प्रतिक्रिया