पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोख्रेल नयाँ सिईओमा नियुक्त – Etajakhabar

पुस २७ गते-
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदमा डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । उक्त पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई नियुक्त गरिएको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पोखरेल प्युठान निवासी हुन् । उनलाई प्राधिकरणको सिईओ बनाउन नेपाली कांग्रेसले प्रस्ताव गरेको थियो । दुई पटकसम्म् स्पष्टीकरण सोध्दापनि सरकारले काम चित्तबुझ्दो नपाएपछि ज्ञवालीलाई हटाईएको हो ।
वालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको बताउँदै आएका थिए ।

Subscribe Us On YouTube

तपाईको प्रतिक्रिया