मोबाइल कम्पनी ‘ओप्पो’ बन्यो टप ग्लोबल ब्राण्ड, एकैपटक दुई उपाधि – Etajakhabar

पुस २७ गते–

माेबाइल कम्पनी अाेप्पाेले एकैपटक २ वटा उपाधि हात पारेकाे छ ।

ईन्टरनेशनल डाटा ग्रुप (आईडीजी) आयोजित लास भेगास एनुअल कन्जुमर ईलेक्ट्रोनिक्स शो (सीईएस) अन्तर्गतको एक समारोहमा ओप्पोलाई यी उपाधीद्वारा सम्मान गरिएकाे हाे ।

ओप्पोलाई सन् २०१६–१७ का लागि ग्लोबल टप स्मार्ट फोन्स ब्राण्ड उपाधीद्वारा सम्मानित गरिएको हो । आईडीजी भेन्चर्स अमेरिकाका प्रबन्ध निर्देशक प्याट्रिक किनेलीले अाेप्पाे ब्राण्डलाइ २०१६–१७ ग्लोबल टप स्मार्ट कनेक्टेड डिभाइसेज ब्राण्ड उपाधी पनि प्रदान गरिएको जानकारी दिए ।

सन् २०१६मा ओप्पो लगायत अन्य स्मार्टफोन ब्राण्डहरुको बढ्दो सफलता, प्राविधिक अग्रता र तिनको वैश्विक विस्तारका साथै छनोट प्रविधि, डिजाइन, अन्तरक्रिया तथा प्रयोगकर्ताको अनुभवलाई आधार मानेर अाेप्पाेलाइ उपाधी प्रदान गरिएकाे हाे ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...