क्रिसमसमा हतारिँदै बिदा दिने सरकारले पृथ्वी जयन्तिमा बिदा दिन किन डरायो ? – Etajakhabar

ताजाखबर, काठमाडौँ । गएको क्रिसमसको पूर्व सन्ध्यामा नै हतारिँदै बिदा दिएको सरकारले पृथ्वी जयन्ति अर्थात एकता दिवसका अवसरमा भने के गर्ने के नगर्ने भन्ने अन्योलमा रहेको छ ।

Subscribe Us On YouTube

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी सार्वजनिक विदाको लागि गृहमन्त्री, प्रधानमन्त्रीले राजनीतिक सल्लाह गरेर मात्रै निर्णय लिने भन्दै समय टार्ने बहानाबाजी गरिरहेका छन् ।

यसैबिच मंगलबार पनि रापपा निकट युवा संगठनले गृहमन्त्रालयमा नै पुगेर एकता दिवसको आवश्कता र सन्दर्भ सहितको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रको पूर्णपाठ यस्तो छ ।

माननीय गृहमन्त्री विमलेन्द्र निधिज्यू
गृहमन्त्रीको सचिवालय
सिंहदरबार, काठमाण्डौं

नेपाल एकीकरणको महाअभियानलाई सुत्रपात गर्ने महानायक नेपालका श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीमा नेपाल सरकारले दिदै आएको सार्वजनिक विदा तथा मनाउदै आएको राष्ट्रिय एकता दिवसलाई केही वर्ष यता नेपाल सरकारले एकाएक रद्द गर्दैआएको तथ्य हामी सबैलाई थाहा नै छ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको एकीकरण अभियानका कारण नेपाल कहिले कुनै पनि शक्ति राष्ट्रको उपनिवेश हुनु परेन् ।

श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको एकीकरण अभियान नभएको भए सायद आज नेपालको अस्तित्व नै हुने थिएन् होला । त्यसैले राष्ट्र निर्माता आधुनिक नेपालको एकीकरण कर्ताको योगदानलाई अवमुल्यन गर्नु भनेको हामीले हाम्रो गौरवशाली इतिहासलाई अस्विकार गर्नु हो ।

सबै जातजातीहरुको पर्वलाई सरकारले स्वीकार गरी सार्वजनिक विदा दिदैआएको छ । यो एउटा सकारात्मक पक्ष पनि हो तर नेपाल सरकारले पृथ्वी जयन्तीलाई पर्वको रुपमा नस्वीकार्नुले सम्पूर्ण राष्ट्रवादी नेपालीलाई ठेस पुगेको तथ्य माननीय मन्त्रीज्यूले समेत बुझ्नु भएकै छ भने हामीले मानेका छौं । तसर्थ नेपाली जनताको चहाना, भावना र मर्मलाई समेत दृष्टिगत गरी नेपाल सरकारले आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा स्वीकार गरी सार्वजनिक विदा दिनु हुनेछ भन्नेमा पूर्ण रुपमा आशावादी रहदै हामी राप्रयुसं जोडदार माग समेत गर्दछौं ।

प्रकाश रिमाल
(अध्यक्ष एंव कार्यक्रम संयोजक, राप्रपा निकट युवा संगठन)

तपाईको प्रतिक्रिया