आज मिती २०७३ साल पुस २७ गते बुधबारः– हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल – Etajakhabar

“ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नमः ।” 

Subscribe Us On YouTube

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु, सौम्यनाम संवत्सर, शाके १९३८,विक्रसम्वत २०७३ साल पुस २७ गते बुधबार, नेपाल सम्बत ११३७ पोहेलाथ्व,सन् २०१७ जनवरी ११ तारिक शुक्लपक्ष चतुर्दशी तिथि राती ७ वजेर ३२ मिनेटसम्म, आद्र्रा नक्षत्र राती ३ वजेर ४३ मिनेटसम्म, ऐन्द्रियोग, गरकरण, आनन्दादियोग मशुल, सूर्य धनु राशीमा,चन्द्रमा मिथुन राशीमा ।

मेषः– समयले विस्तारै साथ दिनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । नयाँ कामको अवसर आउन सक्छ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । पराक्रम बढ्नेछ ।

वृषः– दिन प्रतिकुल बन्न सक्छ सजग भएर काम गर्नु होला । दिनको उत्तराद्र्धमा गएर खर्च बढ्नेछ । आफन्तका कारण आलोचित हुनुपर्ला । आफुले सोचे जस्तो कहि हुनेछैन ।

मिथुनः– विस्तारै समय अनुकुल बन्नेछ । काम गरेर पूर्ण सन्तुष्टि मिल्ने छैन । आफ्ना काम भन्दा बाहिरी काम बढि हुनेछन् । व्यापार व्यवसायमा देखिएका समस्या कम हुने छन् ।

कर्कटः– मध्यान्ह पछि समय प्रतिकुल हुनेछ । काममा विभिन्न समस्या आउने देखिन्छ । काम गरेर आफुलाई भन्दा अरुलाई बढि हुनेछ । धैर्यपूर्वक काम गर्नु होला नत्र नोक्सान हुनेछ ।

सिंहः– सामान्यतया दिन अनुकुल देखिन्छ । अर्थ व्यवस्था आज राम्रो रहने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । काम गरेर धन कमाउने अवसर प्राप्त हुनेछ । सम्बन्धमा सुधार आउनेछ ।

कन्याः– समयले पूर्ण साथ दिने देखिन्छ । विश्वासको संकट हट्नेछ । आम्दानीका क्षेत्र कमजोर देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अधुरा कार्य सम्पादन हुनेछन् ।

तुलाः– आम्दानी खर्च बरावरै जस्तो हुनेछ । विवादमा नपर्नु होला । घरको वातावरण आफुले सोचे जस्तो हुने छैन । व्यापारमा मन्दि आउन सक्छ । काम गर्दा अलमल बढि हुनेछ ।

वृश्चिकः– समय प्रतिकुल बन्दै छ नयाँ काममा हात नहाल्नु होला । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।

धनुः– प्रेमिकाको सहयोगमा काम बन्ने छन् । पढाई लेखाईमा भन्दा मनोरञ्जनमा मन जानेछ । नेतृत्व गरेर विदेश जाने अवसर पनि प्राप्त हुन सक्छ । व्यापारबाट लाभ हुनेछ ।

मकरः–विरोधीको सक्रियता बढ्ने हुदा कार्य गोपनियता अप्नाई काम गर्नु होला । अरुको काम गरेर जश पाईने छैन । यत्नपूर्वक गरेका काम सफल हुने छन् ।

कुम्भः– समयमा निणर्य लिने काम गर्नु होला । अरुको मुख ताकेर बसेमा अवसर गुम्नेछ । हतारमा निणर्य गर्दा पनि काम विग्रिन सक्छन् । व्यापारमा खासै प्रगति हुने छैन ।

मिनः– प्रातकालमा केहि काम बने पनि अपरान्ह देखि समस्या बढ्ने देखिन्छ । गरेका कामले पनि पूर्णता पाउने छैन । व्यापार व्यवसायमा मन्दि आउनेछ । चिन्ता बढ्नेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति ।”

– ज्यो. पण्डित वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com

तपाईको प्रतिक्रिया