पूर्वराजा ज्ञानेन्द्रको अर्को विज्ञप्तिः देश कसैको क्रीडास्थल होइन र हुन दिइनु पनि हुँदैन – Etajakhabar

काठमाडौँ, २६ पुस–
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त तथा स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नका लागि सबै नेपालीलाई एकतावद्ध हुन आह्वान गरेका छन् ।


आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पृथ्वी नारायण शाहको सङ्घर्ष, नेतृत्व कौशल, दूरदर्शीता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरुप यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव प्राप्त भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचकासाथ देशभक्त नेपालीले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सकिन्छ ।


तपाईको प्रतिक्रिया

Loading...

Loading...