सुदूरपश्चिम खप्तड गोल्डकपकाे सेमिफाइनलमा मनाङमस्र्याङ्दी – Etajakhabar

धनगढी, २६ पुस–
‘ए’ डिभिजन क्लब मनाङमस्र्याङ्दी यहाँ जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ ।


आज भएको क्वार्टर फाइनलमा भुटानको डुकस्टार फुटबल क्लबलाई २–० गोलले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो ।

मनाङको जितमा ५१औँ मिनेटमा ओलावा ओफिज र ८९औँ मिनेटमा सुशील लामाले गोल गरेका थिए ।

बुधबार अन्तिम क्वार्टरफाइनलमा नेपाल आर्मी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मनाङसँगै भारतको दिल्ली युनाइटेड र आयोजक सुदूरपश्चिम—११ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

सेमिफाइनलमा मनाङले दिल्ली युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक सुदूरपश्चिम–११ ले भने सेमिफाइनलमा नेपाल आर्मी र सङ्कटाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यही पुस २१ गतेदेखि जारी प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले रु दुई लाख ५१ हजार पाउनेछन् ।


तपाईको प्रतिक्रिया

Loading...

Loading...