‘नो ट्राउजर्स डे’ का बाहानामा १० हजार जना एकसाथ नांगीए – Etajakhabar

एजेन्सी । कपडा नै नलगाई सडकमा हिँड्नेलाई हामी पागल भन्छौँ । तर बेलायतमा एउटा यस्तो ट्रेन छ जहाँ भूमिगत ट्रेन स्टेसनहरुमा अर्धनग्न बनेर हिँडे पनि मानिसले सामान्य रुपमा हेर्छन् । कारण हो ‘नो ट्राउजर्स डे मनाउने बाहाना । कम्मरमाथि पुरा लुगा लगाएका तर कम्मरमुनी अन्डरवेयर मात्र लगाएका युवा – युवती यत्रतत्र थिए ।

Subscribe Us On YouTube

न्यूयोर्क शहरको सार्वजनिक यातायात प्रणालीमा केही मुठ्ठीभर व्यक्तिहरुले सन् २००१ देखि सुरु गरेको उरन्ठेउलो अभियानले अहिले अन्तर्राष्ट्रिय दिवसको रुप लिएको छ । यही दिवस मनाउने क्रममा लन्डनमा पनि सयौं युवा – युवतीहरु चिसो मौसमलाई जिस्क्याउँदै अन्डरवेयर लगाएर सव वेमा यात्रा गरे ।

यस दिवसमा भाग लिन चाहनेहरुलाई आयोजकले खुल्ला आमन्त्रण गर्दै सेन्ट्रल लन्डनस्थित किङ्स क्रस स्टेसनमा बोलाएका थिए । यो दिवसलाई पछिल्लो समय सामान्य रुपमा हेरिँदै आएको छ । यो दिवसका दिन करिब १० हजार जना नांगीने गर्छन् ।

तपाईको प्रतिक्रिया