साउदी नेतृत्वको हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु – Etajakhabar

साना (यमन), २६ पुस । मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ ।

Subscribe Us On YouTube

साउदी नेतृत्वको युद्धक विमानबाट स्थानीय एक प्रारम्भिक विद्यालयमा आक्रमण भएको र पढ्न विद्यालयमा पुगेका आठ जना विद्यार्थीको निधन भएको स्थानीय वासिन्दा तथा उद्धारकर्मीले जनाएका छन् ।

घटनामा १५ जना विद्यार्थी गम्भीररुपमा घाइते भएका बताइएको छ । आक्रमणस्थल राजधानी सानाबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको नेहम जिल्लामा पर्छ ।

आक्रमणबाट भत्केको विद्यालय भवनको भग्नावशेषभित्र कैयौँ विद्यार्थी पुरिएको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएका उद्धारकर्मीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया