हट मोडल तथा अमेरिकी ‘टीभी स्टार’ किमका ९५ लाख अमेरिकी डलरका गहना लुट्ने १६ जना पक्राउ – Etajakhabar

एजेन्सी । अमेरिकी ‘टीभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित १६ जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पेरिसस्थित विशिष्ट आवास क्षेत्रमा नकावधारी एक समूह प्रवेश गरी गत अक्टोबरमा कार्दासियनलाई बाँधी उनीसँग करिब ९५ लाख अमेरिकी डलर बराबरको सामान लुटेर लगेको थियो ।

अक्टोबरमा अमेरिकी ‘टीभी स्टार’ कार्दासियन पेरिसमा भएको भेषभूषा प्रदर्शनी सप्ताहमा सहभागी हुन आएकाबेला सो सामान चोरी भएको थियो ।

Loading...

तपाईको प्रतिक्रिया

Loading...