ट्रम्प सरकारसँग नीतिगत सुधारका लागि सुडानको आग्रह - Etajakhabar

खार्तुम, २५ पुुस । अमेरिकामा अब बन्न लागेको डोनाल्ड ट्रम्पको सरकारसँग नीतिगत सुधारका लागि सुडानले आग्रह गरेको छ ।
सुडानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दी पनि अब बन्ने नयाँ सरकारले हटाइदिने अपेक्षा आफूहरुले गरेको जानकारी पनि सुडानको सरकारले दिएको छ ।
हामीले अमेरिकामा अब बन्ने नयाँ सरकारसँग बिभिन्न अपेक्षा गरेका छौँ र यो सरकारको समयमा सुडान अमेरिका सम्बन्धमा नयाँपनको अपेक्षा हामीले गरेका छौँ, सुडानका विदेश राज्यमन्त्री कमल एदिनले आइतबार बताउनुभएको छ ।
एक विज्ञप्तिमार्फत उहाँले अमेरिकाले आफ्नो देशमा लगाउदै आएको नाकाबन्दीमा पनि पुनर्विचार गर्ने र यस समयमा सुडान अमेरिका सम्बन्धमा आमूल परिवर्तन हुने अपेक्षा आफूले गरेको पनि उहाँले बताउनुभएको छ ।
साथै उहाँले सुडानले आतंकवादका विरुद्धमा र अवैध रुपमा मानवीय ओसारपसारका बिरुद्धमा पनि अमेरिकासँग आगामी दिनमा मिलेर कामगर्ने पनि जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया