स्याङ्जाका मनबहादुरको मलेसियामा मृत्यु – Etajakhabar

पाल्पा, २४ पुस-
स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ ।


मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका आफन्त यमबहादुर विकले जानकारी दिनुभयो ।

शनिबार काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन् । विकका श्रीमती र दुई सन्तान रहेका छन् ।


तपाईको प्रतिक्रिया

Loading...

Loading...