काठमाडौँ । हास्यव्यंग्य कलाकारिता क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई आदर्श जोडी मानिन्छ । ३६ वर्षदेखि सँगसँगै हिंडिरहेको यो जोडीलाई नचिन्ने सायदै होलान् । यति लामो सहयात्रा गरेका उनीहरुको ट्यूनिङ कत्तिको मिल्छ त ?

पुस्तक पढ्ने बानी कत्तिको छ ?
मदनकृष्णः ठिकै पढ्ने गर्छु । पत्रपत्रिका दैनिक हेर्छु । फुर्सदको समयमा प्रायः पुस्तक पढ्ने गर्छु । अहिले जीवा लामिछानेको सर्सर्ती संसार पढिरहेको छु ।
हरिवंशः पढ्छु । प्रायः साहित्यिक पुस्तक पढ्छु । अहिलेसम्म पढेका सबै पुस्तक राम्रा लागेको छ । पछिल्लो समयमा मदन पुरस्कार पाएको पुस्तक ‘ऐना’ असाध्यै राम्रो लाग्यो ।

फेभरेट खाना कुन हो ?
मदनकृष्णः नेपाली खाना दाल, भात, तरकारी मनपर्छ ।
हरिवंशः साग र भात निकै मनपर्छ ।

खाना बनाउने बानी छ कि छैन ?
मदनकृष्णः पहिला बनाउँथेँ । हिजोआज बनाउने जाँगर चलेको छैन ।
हरिवंशः बनाउँछु । श्रीमतीले खाना बनाइरहेका वेलामा सहयोग गर्छु । कहिलेकाहीँ आफैँ खाना बनाएर श्रीमतीलाई पालो दिने गर्छु ।

मनपर्ने ठाउँ कुन हो ?
मदनकृष्णः नेपालको पोखरा र जोमसोम ।
हरिवंशः पहिलेदेखि नै काठमाडौं बसियो यही मनपर्छ ।

दिनमा सुत्ने बानी कत्तिको छ ?
मदनकृष्णः सुत्ने समय नै हुँदैन ।
हरिवंशः कहिलेकाहीँ सुत्छु । तर, बढीमा १० मिनेट ।

रिसाउने बानी कत्तिको छ ?
मदनकृष्णः रिसाउँछु । आफूले गर्न खोजेको कुनै पनि काम गर्न सकिएन भने अरूसँग होइन आफूसँगै रिसाउँछु ।
हरिवंशः आफूमाथि कसैले अन्याय ग¥यो भने रिसाउँछु ।

समाजमा तपाईंको स्टाटस कस्तो छ जस्तो लाग्छ ?
मदनकृष्णः मदनकृष्ण भन्ने एउटा कलाकार हो । हास्यव्यंग्य क्षेत्रमा यसले धेरै काम गरेको छ । यसको अनुहार हेर्दा सोझो छ, हँसाउलाजस्तो छैन र पनि हँसाउँछ भन्छन् जस्तो लाग्छ ।
हरिवंशः म एउटा साधारण मान्छे हुँ । मेरो कामले गर्दा मात्र मलाई धेरैले चिनेका हुन् । सेलेब्रिटी हुँ भन्ने घमन्ड ममा छैन ।

कलाकार नभएको भए के बन्नुहुन्थ्यो होला ?
मदनकृष्णः भगवान्ले काम गर्न हात–खुट्टा दिएका छन्, केही काम त गर्थें होला । यदि जागिर खाएको भए अहिले अवकाश लिन्थेँ होला । या त कलाकारै हुन्थेँ होला ।
हरिवंशः नजन्मेको भए के हुन्थेँ भनेजस्तै हो ।

सबैभन्दा बढी माया कसको लाग्छ ?
मदनकृष्णः देश, छोराछोरी र परिवारको ।
हरिवंशः श्रीमती, छोराछोरीको ।

छोराछोरीले के गरे हुन्थ्यो जस्तो लाग्छ ?
मदनकृष्णः असल नागरिक बने हुन्थ्यो भन्ने लाग्छ ।
हरिवंशः शिक्षित हुन् । कसैको मन नदुखाउन् । कसैलाई नठगुन् । मिहिनेती बनुन् भन्ने लाग्छ ।

तपाईंको आदर्श पात्र को हुनुहुन्छ ?
मदनकृष्णः धेरै छन् । यो, ऊ भन्ने नै छैन । राम्रो काम गर्ने मेरा सबै आदर्श
पात्र हुनुहुन्छ ।
हरिवंशः समाजका लागि उदाहरणीय काम गर्ने मेरा सबै आदर्श पात्र हुन् ।

कस्ता संगीत रुचाउनुहुन्छ ?
मदनकृष्णः नारायण गोपालका गीतले धेरै छोएको छ ।
हरिवंशः क्लासिकल संगीत मनपर्छ ।

तपाईंको जीवनको अविस्मरणीय क्षण कुन हो ?
मदनकृष्णः धेरै छन् । ०४६ मा बहुदलीय व्यवस्थाले जितेको समयलाई धेरै सम्झन्छु र अहिलेको समयलाई सम्झन्छु ।
हरिवंशः आफू जन्मेको क्षण सम्झन्छु ।

तपाईंलाई जान मन लागेको तर जान नभ्याएको ठाउँ कुन हो ?
मदनकृष्णः धेरै छन् । तर, नेपालको पश्चिम भाग घुम्ने इच्छा छ ।
हरिवंशः जान मन त धेरै ठाउँमा लागेको छ । तैपनि, अफ्रिकन मुलुकमा जाने इच्छा छ, भ्याएको छैन । नयाँ पत्रिकाले छापेको छ ।

महलाई कुन कुराले मिलाएको छ ?
मदनकृष्णः दुईजनाको एउटै उद्देश्यले ।
हरिवंशः हाम्रो इमानदारीले ।

अब के गर्ने इच्छा छ ?
मदनकृष्णः अहिले गरिरहेको कामलाई निरन्तरता दिने इच्छा छ ।
हरिवंशः निरोगी हुने इच्छा छ ।

तपाईको प्रतिक्रिया