पोखरा २३ पुस-
घडीले तिन बजाउँदै थियो । पोखराको गैहापानस्थित पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षका कुर्ची भरिभराउ थिए । कुर्ची नपुगरेर कोही छेउ लागेर उभिए । कोही ढोका छेउबाट चिहाउदै पुसको चिसोमा कविताको आनन्द लिइरहेका थिए । ३० को दशकमा कवितामा अब्बल र स्थापित ५० नाघेका समकालीन १५ कविहरुको कविता सुन्न पोखरेलीको भिड लागेको थियो ।

पोखरेली युवा सास्कृतिक परिवारको आयोजनामा शनिबार आयोजना गरिएको गोधुलीमा कविता कार्यक्रमले पोखरा कविता मय बन्यो । कवितामा सामाजिक, राजनीतिक र सांस्कृतिक कुरीतिका, विसंगतीका विषयलाई कविहरुले कविताका माध्यमबाट तिखो ब्यङग्य मात्रै गरेनन् सुडानमा एक बालकलाई कागले खानका लागी ढुकी रहेको त्यो कारुणीक दृश्यलाई काब्यीक रुपमा प्रस्तुत गरे ।
१५ कविको वणना क्रम अनुसार कविताको पर्दा उघारदै कवि असिम मल्लले पहिलो जस्तौ छैन काठमाडौ र पसिनाको गन्ध सहित तिन कविता प्रस्तुत गरेपछि कवि इन्द्रकुमार विकल्पको उत्साहले शिखर चुम्न खोज्दा र मह र नदीको कवितासंगै विस्तारै कविताको माहोल तात्दै थियो । अनि स्टेजमा आए उषा शेरचनले मुक्तकको राजधानी आफनो माइतीमा केही मुक्तक भन्ने छुट भएको भन्दै मुत्तक र कविता प्रस्तुत गरिन् ।
त्यसपछि कवि किसोर पहाडीको अन्तिम रात र मेरो छोरो ठूलो मान्छे भएछ शिर्षकको कविताले केही भावुक बनायो । जनयुद्धका बेलाको अवस्थालाई कवितामा प्रस्तुत गदै भावुक भएका पोखरेलीलाई पोखरेली कवि तीर्थ श्रेष्ठले लय र धर्म ग्रन्ध शिर्षका दुई कविता प्रस्तुत गरे । त्यसपछि स्टेजमा प्रकट भएका प्रकट पंगेनी शिवले सुडानमा भोकमरीका कारण आफनी आमालाई पछ्याउदै गर्दा बालकको पछ्याउदै गर्दा बालकको पछि लागेको गिद्धको बारेमा लेखेको मार्मिक कविताले कार्यक्रममा सन्नाटा छायो । भोक शिर्षकमा उनले उक्त फोटोको बर्णन गदै लेखेको कविताले भाबुक बन्न बाध्य बनायो । अनि स्टेजमा विजय मजिमयले देशको बारेमा लेखिएको बाउ भनाउदाहरु शिर्षकको कविता प्रस्तुत गरे । त्यस्तै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति समेत रहेका कवि विष्णु विभु घिमिरेको हरायो कविताको शिर्षकाले कार्यक्रममा गुञ्जयमान बन्यो ।

कार्यक्रममा कवि मन्जुल, राजेन्द्र शुलभ, लक्ष्मी माली, विश्व वि मोहन श्रेष्ठ, विवष पोखरेल, स्नेह सायमीका कवितामा पोखरेलीहरु मस्त बने । कार्यक्रममा बोल्दै कवि तुलसी दिवसले पोखरा साहित्य र संस्कृतिको राजधानी भएको यहाँ हुने साहित्यिक कार्यक्रमले पुष्टि गरेको बताए । उनले यहाँ हुने साहित्यिक, सांस्कृतिक कार्यक्रम अुनपमरहेको बताए । उनले स्रष्टा र रचना कहिल्यै पुराना नहुने बताउदै विकता मौलिक र नविन हुनुपर्नेमा जोड दिए । कार्यक्रमका बारेमा बोल्दै आयोजक पोखरेली युवा सास्कृतिक परिवारका अध्यक्ष दिपक समिपले ३० को दशकमा स्थापित र ५० नाघेका कविहरुको सम्माानकालागी कार्यक्रम आयोजना गरिएको बताए ।

तपाईको प्रतिक्रिया