मुख्य सचिवले नै गरे रंगयात्रा कलाकृति प्रर्दशनीको उद्घाटन – Etajakhabar

पोखरा, १८ पुस-
शान्ति, पर्यटक र कला प्रवद्र्धनको लागि रंगयात्रा कार्यशालाको १ औ श्रृँखलाको कलाकृतिहरु रुपाकोट–३, चिसापानी गाउँमा तिन दिने रंगयात्रा कलाकृति प्रर्दशनी सम्पन्न भएको छ ।
तिन दिने रंगयात्रा कलाकृति प्रर्दशनी कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिब डा. सोमलाल सुबेदीले रबिनको गाठो फुकाएर उद्घाटन गर्नु भएको थियो ।
एन।एस क्लव अफ हिलपोइटका अध्यक्ष विजय गुरुङ्ग सभापतित्बको आसन बाट बोल्दै आज रुपाकोट–३, चिसापानी, कास्की देखि शुरु भएको यो रंगयात्रा कार्यशाला तथा प्रर्दशनी कार्यक्रम देश, बिदेशको बिभिन्न ठाउँमा यात्रा गरिरहने बताए ।
रंगयात्रा कलाकृति प्रर्दशनीमा कलाकारहरु बिश्व कलायात्री प्राज्ञ सभाषद नगेन सिहं ठकुरी, बरिष्ठ कलाकार बाबुराम कस्केली, विजय गुरुङ्ग, सन्जिना गिरी, सारा बजिमय, आकास जैसवाल, प्रमिला लामिछाने, जानुका केसी, सुस्मा गौतम, सहबिर गुरुङ्ग लगायत १० जना कलाकार सहभागिता भएको हिम दृश्य क्लब चिसापानीका अध्यक्ष विशान गुरुङ्गले जानकारी दिए ।
३६ क्यानभाषमा सिर्जना गरेका कलाकृतिहरु, चिसापानी गाउँको मुुल चोकमा रहेको दुई टंकी र एक घरको भित्ता चिसापानी गाउँको मठ मन्दिर, हिमाल, लोप हुन लागेको लालुपातेको प्रेम गाथाले रंगिएको नगेन आर्ट ग्यालरी सैनिक शाखाका निर्देशक सहबिर गुरुङ्गले बताए ।
नगेन आर्ट ग्यालरी सैनिक शाखा, एनएसक्लव अफ हिलपोइट र नगेन फन क्लब अफ लेखनाथले रुपाकोट–३, चिसापानी गाउँमा चार दिन कलाकार्यशालामा श्रृर्जित ३६ कलाकृतिको प्रर्दशनी दुई ठाउँमा तिन दिन प्रर्दशनी गरिएको जानकारी नगेन फन क्लब अफ लेखनाथको अध्यक्ष प्रबिण केसीले जानकारी दिए ।



तपाईको प्रतिक्रिया

Loading...

Loading...