कोरिया जानेलाई खुशीको खबर ! फेरी बढ्यो कामदारको तलब, अब न्यूनतम तलब करिब डेढ लाख - Etajakhabar

पुस १८ गते-
दक्षिण कोरियामा रहेका तथा जाने तरखरमा रहेकाहरुका लागि खुशीको खबर छ । कोरियाली श्रम मन्त्रालयले आज आइतबारदेखि लागू हुने गरी कामदारहरुको तलब ७.३ प्रतिशतले वृद्धि गरेको हो ।
अब कोरियामा कामदारले प्रतिघण्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन् । भने प्रतिमहिना १३ लाख ५२ हजार दुई सय ३० वन न्यूनतम तलब हुनेछ । तलब वृद्धिसँगै नेपाली कामदारले अब प्रतिमहिना बेसिक एक लाख २२ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन् भने अन्य सेवा सुविधा थप गर्दा करिब डेढ लाख रुपैयाँ पुग्नेछ ।
अतिरिक्त समय काम भएको अवस्थामा अब कामदारले प्रतिघण्टा ९ हजार सात सय पाँच वन प्राप्त गर्ने भएका छन् ।
उत्पादन क्षेत्रमा कम्पनीहरुमा अतिरित्तm समय पनि काम गर्नुपर्ने भएकोले कामदारले मासिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी कमाउनेछन् ।
कृषि क्षेत्रमा कार्यरत कतिपय कामदारहरुले भने तोकिएको ज्याला प्राप्त गर्न नसकेका गुनासो आईरहेको छ ।
दक्षिण कोरियामा रहेका कुल कामदार मध्ये १३.७ प्रतिशत कामदारहरुले न्यूनतम ज्यालाभन्दा पनि कम रकममा काम गरिरहेको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया