गायिका मिलन अमात्यले यसरी खोलीन् आफ्नो जीवनकै रोचक पक्ष (भिडियो) – Etajakhabar

ताजाखबर, काठमाडौँ । सुगम सगिंतकी चर्चित गायिका हुन् मिलन अमात्य । आँखा रातै आँखा रातै, म नाइन्टिन इएरकी ब्यूटी, स्लोली स्लोली, उहिलेका बाहु बाजे रिसी मुनी, लगायतका दर्जनौँ गीतबाट चर्चाको शिखरमा रहेकी सुन्दरी गायिका अमात्यले ५ सय भन्दा बढी गीतमा स्वर भरीसकेकी छिन् ।

भारतको आसाममा जन्मेकी मिलन आफ्नो साँगीतिक यात्रासँगै नेपाल आईपुगीन् । छोटो समयमा नै निकै सफलता पाउन पनि सफल भईन् । उनले चलचित्र र आधुनिक गितहरुमा आवाज भरेर धेरैलाई आफ्नो फ्यान बनाएकी छिन् ।

साँगीतिक क्षेत्रमा लागेको केहि बर्षपछि उनले मेन्सन अमात्यसँग मागि बिहे गरिन् । मिलन र मेन्सनको जोडि एक अर्काकै लागि बनेको जस्तो देखिन्छ । मिलनको सफलतामा मेन्सन निकै नै खुसी हुन्छन् । गीत संगीत निकै नै मन पराउने मेन्सन मिलनको करियर यो भन्दा पनि सफल भएको हेर्न चाहान्छन् । उनले मिलनलाई निकै साथ दिएका छन् । मिलनको मायालाई हृदयदेखि नै सम्मान गर्ने मेन्सन उनका लागी जे पनि गर्न तयार देखिन्छन् । मिलनको जीवनको रोचक पक्ष र रहस्य हेरौँ भिडियोमा

Loading...

तपाईको प्रतिक्रिया

Loading...